play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

एसिया कप छनोटमा यूएईले नेपाललाई २ सय ५५ रनको लक्ष्य दियो

0

भदौ,१४ ।
एसीसी एसिया कप छनोट अन्तर्गत यूएईले नेपाललाई २ सय ५५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५४ रन बनायो । नेपालले १२.१ ओभरमा युएईको पहिलो विकेट लिएको थियो । नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट लिएका हुन् । बसन्तले अश्फाक अहमदलाई ४५ रनमा एल्बिडब्लु आउट गराए । यस्तै १३.१ आभरमा सन्दीप लामिछानेले दोस्रो विकेट लिए । उनले यूएईका कप्तान रोहन मुस्तफालाई १ रनमै आउट गराउन सफल भए । तेस्रो विकेटका लागि रमिज सहजाद र चिराग सुरीबीच ६७ रनको साझेदारी हुँदा युएई बलियो स्थितिमा पुगेको थियो । तर एक सय ३७ रनमा उसले तेस्रो विकेट गुमायो । त्यसपछि एक सय ५९ रन हुँदा नेपालले युएईको ५ विकेट लियो । नेपालका लागि बसन्त रग्मी र सन्दिप लामिछानेले दुई दुई तथा सोमपाल कामीले एक विकेट लिए । नेपाल विरुद्ध राम्रो लयमा देखिएका चिराग सुरीलाई ६५ रनमा दिपेन्द्र ऐरीले रनआउट गरेपछि युएईले एक सय ८४ रनमा ६ विकेट गुमायो । तर सन्दीप लामिछानेले आफ्नो अन्तिम ओभरमा दुई विकेट लिएपछि युएईले दुई सय २१ रनमा आठ विकेट गुमायो । अन्तिममा अद्नान मुफ्तीले आक्रामक अर्धशतक प्रहार गरेपछि युएईले नेपाललाई बलियो लक्ष्य दिन सफल भयो । अद्नानले ५७ रन बनाए । पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको नेपाल यो खेलमा बढी दबाबमा छ । समूहको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्न र प्रतियोगिता जितेर भारत, पाकिस्तानको सिनियर टोलीसँग खेल्ने सपना पूरा गर्नका लागि नेपालले आजको खेल जित्नैपर्छ । नेपाल र युएई पछिल्लो पटक सन् २०१८ को डिभिजन टू मा खेलेका थिए । जहाँ समूह चरणमा नेपालले ४ विकेटको जित निकालेको थियो भने फाइनलमा ७ रनले पराजित भएको थियो । त्यसअघि विश्व क्रिकेट लिग च्याम्पियसिपको दुवै खेलमा नेपाल पराजित भएको थियो ।

Share.

Leave A Reply