बिमस्टेक सम्मेलनमा सहभागी हुनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुग्नु भएको छ । उहाँ बिहीबार बिहान ९ बजे विशेष विमानबाट काठमाडौं आइपुग्नुभएको हो ।
मोदीलाई विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेललगायतले स्वागत गरेका थिए ।
मोदी विमानस्थलबाटै पशुपतिनाथ दर्शनका लागि जाने कार्यक्रम छ । पशुपतिमा पूजाअर्चनापछि सम्मेलनमा भाग लिन सोल्टी होटल जाने कार्यक्रम छ ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद र थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओचा पनि केहीबेरमा काठमाडौं आइपुग्दै हुनुहुन्छ ।
विशिष्ट पाहुना आउने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अरु उडान र अवतरण बन्द गरिएको छ । बिहान सवा ८ देखि साढे १० बजेसम्म उडान र अवतरण प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ ।
बिमस्टेक सम्मेलनमा आएका पाहुनाको सवारीका कारण काठमाडौं उपत्यकाको यातायात आज पनि प्रभावित भएको छ । अहिले त्रिभुवन विमानस्थलबाट होटल सोल्टिसम्म गाडी प्रवेशमा रोक लगाइएको छ ।