play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

सिरिन्ज प्रयोगमा नर्सको लापबाहीका कारण भारतमा एक जनाको मृत्यु, २५ को अवस्था गम्भीर

0

भदौ १२- सिरिन्जको प्रयोगमा लापरबाही गरेका कारण भारतको मध्यप्रदेशअन्तर्गत दातीया जिल्लामा एक जनाको मृत्यु भएको छ भने २५ जना अन्य बिरामी गम्भीर बनेका छन् ।सिरिन्जको प्रयोगमा नर्सबाट भएको लापरबाहीका कारण उक्त घटना हुन पुगेको एएनआईसँग कुरा गर्दै अस्पतालका चिकित्सक तथा सिभिल सर्जन पिके शर्माले बताए ।
शर्माले सबै बिरामीलाई एउटै सिरिन्जमार्फत औषधि दिइएको भन्ने आएको बताउदै नर्सबाट लापरबाही भएको बताए । उनीहरूले सिरिन्ज सफा गर्न पनि ‘डिस्टिल वाटर’को सट्टामा सामान्य पानीको प्रयोग गरेको उनको भनाई छ ।प्रहरीले यस बिषयमा छानविनका लागि समिति गठन गरी अनुसन्धान थालेको छ । हामीले अस्पतालमा प्रयोग हुने गलत सिरिन्जको प्रयोग भएको भन्ने गुनासो पाएका छौँ । यस सन्दर्भमा स्वास्थ्य समितिको प्रतिवेदन पर्खिएको छ । छानविन शुरु गरिएको छ ।

Share.

Leave A Reply