play_circle_outline On Air

जेनेरेशन एक्स

play_circle_outline On Air

जेनेरेशन एक्स

पाराग्लाइडिङमा अन्तिम चरणको खेलपूर्व नेपाल दोस्रो स्थानमा, पदकको सम्भावना

0

भदौ १२ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)को पाराग्लाइडिङतर्फ नेपालको उत्कृष्ट प्रदर्शन जारी छ ।पुरुष क्रसकन्ट्रीतर्फ पाँचमध्ये चौथो चरणका खेलहरु सकिँदा नेपाल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।इन्डोनेसियाको पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा मंगलबार भएको चौथो चरणको खेलमा नेपालले २७ सय ९८ अंक स्कोर गर्‍यो । समग्रमा भने नेपालले ८ हजार ५९१ अंक स्कोर गरेको छ ।नेपालभन्दा ७६८ अंक बढी स्कोर गरेको जापान अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । तेस्रो स्थानको दक्षिण कोरियाको ८ हजार अंक छ ।नेपालले अब पाँचौं तथा अन्तिम चरणमा बुधबार (भोलि) प्रतिस्पर्धा गर्नेछ ।
१८औं एसियाडमा अहिलेसम्म पदक जित्न नसकेको नेपालले बुधबार पाराग्लाइडिङबाट पदक जित्नसक्ने प्रवल सम्भावना छ ।पाराग्लाइडिङको पुरुष क्रसकन्ट्री टिम इभेन्टमा नेपालका विजय गौतम, विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ र विमल थापा सहभागी छन् ।यसैगरी, क्रसकन्ट्रीकै महिला टिम इभेन्टमा नेपाल छैटौं स्थानमा यथावत् छ ।मंगलबार चौथो चरणमा २१६ अंक स्कोर गरेको नेपालले समग्रमा ११ सय ६२ अंक जोडेको छ । शीर्ष स्थानको दक्षिण कोरियाको ४ हजार ३३९ अंक छ ।महिला टिम इभेन्टमा नेपालका प्रतिभा भुजेल, ट्रिसा बोम्जन र सविता तामाङले प्रतिस्पर्धा गरिरहेका छन् ।पाराग्लाइडिङको क्रसकन्ट्रीतर्फ महिला र पुरुष टिम इभेन्टका अन्तिम चरणका खेलहरु बुधबार सकिनेछन् ।

Share.

Leave A Reply