play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

११ दिनकी शिशु मृत फेला

0

गोरखा, भदौं, १२ ।

गएको भदौ ८ गते राति घरबाटै रहस्यमय रुपमा हराएकी ११ दिनकी शिशु मृत भेटिएकी छिन् । गोरखाको सिरानचोक गाउँपालीका २ थालाजुङ खमारीकी ती शिशु रहस्यमय रुपमा हराएकी थिइन् । न्वारान गरेकै रात स्थानीय सबल भण्डारी र रथी गुरुङ भण्डारीकी ११ दिनकी छोरी टीका ओछ्यानबाटै हराएकी थिइन् । घटनाको अनुसन्धान गरिरहेको प्रहरी टोलीले घरबाट ३ सय मिटर माथि बारीमा बोराभित्र राखेर खाल्डोमा पुरिएको अवस्थामा शव फेला पारेको हो । आज बिहान ९ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आमा रथीले नै छोरीलाई मारेको खुल्न आएको प्रहरी स्रोतले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share.

Leave A Reply