play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

हवाई यात्रुबाहेकलाई त्रिभुवन विमानस्थलमा रोक

0

भदौ,१२ ।
त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । विमानस्थलमा एक्लै जान सक्षम रहेका व्यक्तिलाई साथमा अन्य आफन्त तथा साथिभाई लिएर नआउन विमानस्थल प्रशासनले आग्रह गरेको छ । बिमस्टेक सम्मेलनको पाहुनाको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै यात्रुबाहेकका व्यक्तिलाई प्रवेश निषेध गरिएको हो । विमानस्थलमा प्रवेश गर्ने यात्रुको गोल्डेन गेटमै कडा सुरक्षा जाँच गरिनेछ । अत्यावश्यक कारणले भित्र प्रवेश गरेका व्यक्तिले पनि १० देखि १५ मिनेटभित्रै विमानस्थल छोड्नुपर्ने प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए । भाडाका ट्याक्सीलाई पनि विमानस्थलको गोल्डेन गेटभित्र प्रवेश गर्न पनि निषेध गरिएको छ । विमानस्थलभित्र प्रवेश अनुमति पास भएकाहरुको हकमा यो नियम लागू नहुने विमानस्थलले जनाएको छ ।

Share.

Leave A Reply