play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

साफका लागि अन्तिम टोली छानियो

0

११ भदौ, बंगलादेशमा आउँदो १९ गतेदेखि ३० गतेसम्म हुने १२ औं साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।अभ्यासमा रहेका ३० सदस्यीय टोलीबाट अन्तिम २० जना छनोट गरिएको हो । प्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षक किरण श्रेष्ठले विराज महर्जनको कप्तानीमा रहने गरी खेलाडी छानेका हुन् ।राष्ट्रिय टोलीमा चार वर्षपछि निराजन खड्का फर्किएका छन् । यस्तै पहिलोपटक सुमन अर्याल पनि राष्ट्रिय टोलीमा परेका छन् । पहिले टोलीमा रहेका जर्ज पि्रन्स कार्की र कमल श्रेष्ठ भने बाहिरिएका छन् ।नेपाल साफको समूह ‘ए’ मा आयोजक बंगलादेश, पाकिस्तान र भुटानसँगै रहेको छ ।नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु, एलन न्यौपाने त्यस्तै डिफेन्डरहरुमा आदित्य चौधरी, दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, रोहित चन्द, सुमन अर्याल मिडफिल्डरहरुमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का र फरवार्ड भरत खवास, बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, अञ्जन विष्ट रहेका छन्

Share.

Leave A Reply