play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

सौराहामा इपिडेमियोलोजी सम्बन्धी कार्यशाला सुरु

0

भदौ ११ । चितवनको सौराहामा सोमवार देखि पाँच दिने इपिडेमियोलोजी सम्बन्धी कार्यशाला सुरु भएको छ । कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुर,कृषि अनुसन्धान परिषद् नार्कको सहयोगमा फिड दी फ्युचर नामक अमेरिकन संस्थाले कार्यक्रमको आयोजना गरेको सो कार्यक्रममा वन्यजन्तु,घरपालुवा जनावर र मानव स्वास्थ्यबीचको अन्तरनिहीत सम्बन्धका बारेमा छलफल हुने । कार्यक्रममा नेपाल सरकार र नार्कका डाक्टर तथा बैज्ञानिकहरुको सहभागिता रहेको कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरका उपप्रधायापक डा.हिमाल लुइटेलले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका पशु चिकित्सवक डा.अमिर सढौलाले वन्यजन्तु र घरपालुवा जनावर बीच एक आर्कामा सर्ने रोग र यसको निराकरण,त्रिवी युनिर्भसिटीका भेटेरेनरी कार्यक्रम संयोजक डा. डिके सिंहले पशुपंछीमा लाग्ने रोग र यसको निराकरणका लागि भएका प्रयासहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन । त्यसैगरी कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरका उपप्रधायापक डा.हिमाल लुइटेलले किसानको जीवनशैलीका कारण फैलिने रोग,नार्कका बरिष्ठ बैज्ञानिक डा.सोयमप्रकाश श्रेष्ठ र नेपाल सरकार कृषि तथा पशुपंछी मन्त्रालयका बरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायले जनस्वास्थ्य र आर्थिक महत्व राख्ने पशुपंछीमा लाग्ने रोगहरुका वारेमा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत हुने छ । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरका उपकुलपति प्रा.डा.आइपी ढकाल प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा कार्यक्रम संयोजक प्रा.डा.होमबहादुर बस्नेतको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।

Share.

Leave A Reply