play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

रौतहट डुंगा दुर्घटनामा मर्नेको संख्या चार पुग्यो,जनही दुई लाख राहत दिने प्रदेश सरकारको घोषणा

0

भदौ ११ । रौतहटको लालबकैया नदीमा भएको डुंगा दुर्घटनामा मर्नेको संख्या चार पुगेको छ ।उनीहरु सबैको शव भारतीय भूमिमा भेटिएको हो ।सोमबार भेटिएका शवमा गौर नगरपालिका–४, टिकुलियाका ओमप्रकाश चन्दववंशी र गौर नगरपालिका–३, मजकुटियाका उष्मा पटेल रहेका छन् ।यसअघि, ईशानाथ नगरपालिका–३, औरयाका रुनादेवी पटेल र गौर नगरपालिका–४, टिकुलियाका शान्तिदेवीको शव भेटिएको थियो ।गत शनिबार ईशानाथ नगरपालिकाको औरयाबाट सदरमुकाम गौर आउनका लागि लालबकैया नदीमा डुंगा चढेका उनीहरु दुर्घटनामा परेका हुन् ।पानीको सतह बढेपछि अनियन्त्रित भइ निर्माणाधीन पुलको पिलरमा ठोक्किएर डुंगा दुर्घटना भएको थियो ।
मृतक परिवारलाई प्रदेश नम्बर–२ सरकारका मुख्यमन्त्री लालबाबु राउतले जनही दुई लाख रुपैयाँ राहत र क्रियाखर्च २५ हजार दिने बताएका छन् ।यस्तै, दैवी प्रकोप उद्धार समितिले मृतकका परिवारलाई जनही एक लाख र गौर नगरपालिकालेसमेत मृतक परिवारलाई एक लाख राहत र क्रियाखर्चबापत २५ हजार दिने भएको छ ।

Share.

Leave A Reply