play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

उपत्यकासहित नेवार समुदायको बसोबास रहेका ठाउँमा गाईजात्रा मनाइँदै

0

भदौ ११, उपत्यकासहित नेवार समुदायको बसोबास रहेका ठाउँमा गाईजात्रा मनाइँदैछ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव गाईजात्राको आज मुख्य दिन हो । एक वर्ष भित्र दिवङ्गत आफन्तका सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्नो क्षेत्रमा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउन नागरिकलाई दिएको आदेश अनुसार गाईजात्रा पर्व सुरु भएको हो । प्रताप मल्लले सुरु गरेको गाईजात्रा अहिले पनि काठमाडौंको हनुमानढोकामा रहेको राजप्रासाद राजदरबार भएर जाने चलन कायमै छ ।

Share.

Leave A Reply