play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

सवारी दुर्घटनामा एकको मृत्यु, चार गम्भीर घाइते

0

भद्रपुर, ११ भदौ ।
पूर्वपश्चिम राजमार्गको झिलझिलेमा भएको सडक दुर्घटना परी आज बिहान एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्कोरपियो जिप अनियन्त्रित भई आज बिहान ३ बजे सडकमै पल्टिएको थियो । दुर्घटनामा परी घाइते हुनेमा काँकडभिट्टाका राजु बस्नेत, मेचीनगर–१० बस्ने ज्ञानबहादुर बुढाथोकी, कमल गाउँपालिका–५ का गोपी गजुरेल र काँकडभिट्टाका गोपाल पौडेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

Share.

Leave A Reply