play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

‘विप्लव’ नेतृत्वका प्रवक्ता प्रकाण्डलाई फेरि तीन दिन थुनामा राख्न अदालतको आदेश

0

भदौ,१० ।
नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई जिल्ला अदालत नुवाकोटले पुनः तीनदिन थुनामा राख्न अनुमति दिएको छ । आइतबार जिल्ला अदालतले तीन दिन थुनामा राख्न म्याद थप गरेको हो । स्काभेटरमा आगजनी गरेको आरोपमा काठमाडौंमा पक्राउ गरी नुवाकोट ल्याइएका ‘प्रकाण्ड’लाई गएको शुक्रबार पनि तीन दिन थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले आइतबार पनि एक हप्ताको थुनामा राख्ने म्याद थप गर्न अनुरोध गरे पनि जिल्ला अदालतले तीन दिन मात्र म्याद थप गरेको हो । बेलकोटगढी नपा–९ भट्टथोकमा गएको गएको साउन ७ गते राति दुईवटा स्काभेटरमा जलाएको आरोपमा मुद्धा चलाउन नुवाकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

Share.

Leave A Reply