play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

उच्चस्तरीय छानबिन टोलीले आजबाट निर्मला हत्या प्रकरणको छानबिन थाल्यो

0

भदौ,१० ।
गृहमन्त्रालयबाट गठित उच्चस्तरीय छानबिन टोलीले आजबाट छानबिनको काम थालेको छ । गृहका वरिष्ठ सह सचिव हरिप्रसाद मैनाली नेतृत्वको छानबिन टोलीले आज बम परिवारको घर र घटनास्थलको अनुगमन र पीडित परिवारसँग घटनाका बारेमा सोधबुझ गरेकोे छ । निर्मला साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएका बेला हराएकी थिइन । उनको साउन ११ गते जबरजस्तीकरणी पश्चात हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीले निर्मलाको बलात्कार र हत्याको अनुसन्धानमा तदारुकता नदेखाएपछि स्थानीयले त्यसको विरोध गर्दै आन्दोलन र प्रदर्शनलाई चर्काएका थिए । स्थानीय र निर्मलाका परिवारले बम दिदी बहिनीमाथी अनुसन्धान हुनुपर्ने माग राख्दै आए पनि तत्कालीन एसपी डिल्लीराज विष्टले आनाकानी गर्दै मानसिक अवस्था ठिक नभएका दीलिप विष्टलाई निर्मलाको बलात्कार र हत्याको अभियोगमा सार्वजनिक गरेपछि स्थानीयले गरेको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । स्थानीयले प्रहरीको अनुसन्धानमा नै शंका गरेपछि गृहमन्त्रालयले प्रहरीले अहिलेसम्म गरेको अनुसन्धानको छानबिनका लागि उच्चस्तरिय छानबिन टोली गठन गरी कञ्चनपुर पठाएको छ । टोलीले १५ दिनभित्र घटनाको छानबिन तथा अनुसन्धान गरेर गृहमन्त्रालयमा प्रतिवेदन पेश गर्ने छ ।

Share.

Leave A Reply