play_circle_outline On Air

लोक ढुकढुकी

play_circle_outline On Air

लोक ढुकढुकी

एसियाली खेलकुदमा एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतियोगिबाट बञ्चित

0

भदौ,१० ।
दुई नेपाली खेलाडी १८ औँ एसियाली खेलकुदअन्तर्गत एथलेटिक्स प्रतियोगितामा प्रतिस्पार्धा गर्नबाट बञ्चित भएका छन् । इण्डोनेसियामा जारी १८ औँ एसियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट बञ्चित भएका हुन् । नेपाली खेल पदाधिकारीले समयमै नेपाली खेलाडीको नाम दर्ता भएको वा नभएको बारे ध्यान नदिँदा उनीहरु खेल्नबाट बञ्चित भएका हुन् । महिला १० हजार मिटरतर्फ विश्वरुपा बुढा र पुरुष ४ सय मिटरतर्फ सोमबहादुर कुमाल प्रतिस्पर्धा गर्नबाट बञ्चित भएका हुन् । यसअघि एसियाली खेलकुदमा विश्वरुपाले १० हजार मिटर र पाँच हजार मिटरमा तथा सोमबहादुरले चार सय मिटर र आठ सय मिटरमा प्रतिस्पर्धा गर्ने भाग लिने नेपाल एथ्लेटिक्स सङ्घले जनाएको थियो । दुवैले एकरएक विधामा प्रतिस्पर्धा गर्न भने बाँकी छ ।

Share.

Leave A Reply