play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

प्रदेश सरकारले राष्ट्र बैंकमा लगाए ताला

0

भदौं, १० ।
प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन् ।

प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षा बन्धन तथा जनै पूर्णिमाको बिदा घोषणा गरे पनि संघीय सरकार मातहतका कार्यालयहरुले अवज्ञा गरेको भन्दै मन्त्री यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका हुन् ।

आन्तरिक मामिला तथा कानून मन्त्री यादवले आफै जनकपुर स्थित नेपाल राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गर्दै साँचो आफ्नो नियन्त्रणमा लिएका हुन् ।

संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको मन्त्री यादवले बताए । उनले प्रदेश सरकारको निर्णयलाई अटेरी गर्ने जुन सुकै कार्यालयमा तालाबन्दी गर्नेदेखि लिएर कानुनी उपचार समेत खोज्ने बताए ।

Share.

Leave A Reply