play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

क्रिकेट विश्वकप ट्रफी टुर दुबईबाट सुरु हुँदै, नेपालमा पनि आँउदै

0

भदौ १०, ।
आगामी वर्षको मेबाट सुरु हुने एक दिवसीय क्रिकेट विश्वकपको ट्रफी टुर युएईकको दुबईबाट सुरु हुँदैछ । उक्त ट्रफी नेपालमा समेत ल्याइने आइसिसीले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । आगामी वर्ष वेल्स र इंग्ल्याण्ड हुने विश्वकप क्रिकेट अघि आइसिसीलेले वर्ल्डकप ट्रफिको वर्ल्ड टुर गर्न लागेको हो । आइसिसीका अनुसार नेपालमा आगामी अक्टोबर २७ मा विश्वकप ट्रफी दरबार स्क्वायर यर क्षेत्रमा राखिने छ । उक्त दिन समर्थकहरुले ट्रफी हेर्न र ट्रफीसँग तस्बरि खिचाउन पाउने जनाइएको छ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलो पटक ल्याउन लागिएको हो । विश्वकप ट्रफीको १०० दिने विश्व भ्रमण सोमबारबाट सुरु हुने बताइएको छ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ ।

Share.

Leave A Reply