play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

रौतहटमा डुंगा दुर्घटना दुईजनाको शवफेला, तीनजना अझै बेपत्ता

0

रौटहत, भदौं, १० ।
रौतहटमा डुंगा दुर्घटनामा बेपत्ता भएका पाँच जनामध्ये दुईजनाको शव भेटिएको छ । भारतको विहार जिल्लास्थित जमुवाघाट नजिकबाट ती शव फेला परेको हो । मृत्यु हुने दुवैको पहिचान खुलेको छ । जसमा गौर नगरपालिकाका–४ का ६५ वर्षीय शान्ति देवी शाह र औरहियाकी ३५ वर्षीय रुनादेवी पटेल रहेका छन् । दुर्घटनामा हराइरहेका तीनजना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार इन्दुदेवी पटेल, उश्मा पटेल, ओमप्रकाश चन्द्रवंशी अझै बेपत्ता छन् ।

Share.

Leave A Reply