play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

अमेरिकी सिनेटर जोन मेकनको निधन

0

काठमाडौं भदौ १० ।
अमेरिकी सीनेटर जोन मेकनको निधन भएको छ । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारसमेत रहेका मेकनको ८१ वर्षका उमेरमा निधन भएको हो । उनी भियतनाम युद्धका एक भेट्रान सैनिक थिए । ब्रेन ट्युमरका कारण सन् २०१७ देखि थलिएका मेकनको उपचारकै क्रममा निधन भएको उनको कार्यालयले जनाएको हो । आफ्ना बुबाले अमेरिकी जनताको हित र प्रेमका लागि जीवन समर्पण गरेको छोरी मेघानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ६ पटक सिनेटमा रहेका मेकनलाई रिपब्लिकनले सन् २००८ का लागि अमेरिकी राष्ट्रपति पदको उम्मेदवार बनाएको थियो । भियतनाम युद्धका समयमा भने उनी युद्धक विमानका पाइलट थिए ।उनले उडाएको विमानलाई भियतनामी सेनाले खसालेर उनलाई पाँच वर्षसम्म युद्ध बन्दी बनाएको थियो ।युद्धबन्दी रहँदा चरम यातनाका कारण उनी अपांगसमेत बनेका थिए । मेकनको मृत्युमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, पूर्व राष्ट्रपति बराक ओबामालगायत नेताले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।

Share.

Leave A Reply