play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

मुसलमान महिलाद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई ‘राखी’ उपहार दिने,,

0

९ भदौ, मुसलमान महिला फाउण्डेसन (एमडब्लुएफ) का सदस्यहरूले भोलि परेको रक्षा बन्धनका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘राखी’ उपहार पठाउने भएका छन् ।उनीहरूले प्रधानमन्त्रीलाई सबैभन्दा ठूलो दाजु तथा बाबुको रूपमा सम्मान गर्दै सन् २०१३ देखि शुरु गरेको संस्कारलाई निरन्तरता दिँदै यस बर्ष पनि राखी उपहार पठाउने भएका हुन् ।मुसलमान महिला फाउण्डेसनकी सदस्य नाजिमा अन्सारीले फाउण्डेसनमा आवद्ध महिलाहरूल मोदीलाई आफ्नो ठूलो दाजु तथा पिताजस्तै संरक्षकका रूपमा सम्मान गरेको बताए।
अन्सारीको भनाइलाई पछ्याउँदै फाउण्डेसनकी अर्की सदस्य शबाना फतिमाले समाजमा भोग्नुपरेको अत्याचारविरुद्ध प्रधानमन्त्री मोदीको सहयोग खोजेका बताए । (रासस÷एएनआई)

Share.

Leave A Reply