भदौ ०९, प्रधानमन्त्री केपी शर्मा ओलीले कन्चनपुर घटनाका दोसीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।घटनाका बिषयमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानआकर्षण गर्न आएका नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरका सांसद र तथा नेकपाका केन्द्रीय सदस्यहरुसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।ओलीले घटनालाई सरकारले गम्भिर रुपमा लिएकोले छानविन समिती गठन गरेर काम अघि बढाएको बताए ।घटनामा आशंका गरिएका व्यक्तिहरुलाई अनुसन्धानको घेरामा ल्याउन र दोषी भए कडा कानुनी कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन छ ।
उनले आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पतीको तोडफोड गर्नेलाई कानुन बमोजिम कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताए ।ओलीले घटनालाई राजनीतिकरण गर्नेहरुबाट सजग हुन आग्रह गरेका छन् ।नेकपाका स्थायी समिति सदस्य भिम रावलको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई आज बालुवाटारमा भेटेर घटनाको बारेमा जानकारी गराउदै दोषी पत्ता लगाउन र कारबाही गर्न माग गरेको थियो ।
कन्चनपुर घटनाका दोषीलाई कारबाही हुनेमा बिश्वास गर्न प्रधानमन्त्री ओलीको आग्रह
कन्चनपुर घटनाका दोषीलाई कारबाही हुनेमा बिश्वास गर्न प्रधानमन्त्री ओलीको आग्रह
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु