play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

ट्रम्पको निर्देशनपछि अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण रद्द

0

भदौ ९ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले उत्तर कोरियाको भ्रमण रद्द गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा विदेशमन्त्री पोम्पियोले भ्रमण रद्द गरेका हुन् । राष्ट्रपति ट्रम्पले विदेशमन्त्री पोम्यिोलाई कोरियाली प्रायद्वीपमा परमाणु हतियार नष्ट गर्ने कार्यमा पर्याप्त प्रगति नभएको भन्दै उत्तर कोरियाको प्रस्तावित भ्रमण रोक्न निर्देशन दिएका हुन् । विदेशमन्त्री पोम्पियो र अमेरिकी विशेष दूत स्टिफन बिगन आगामी हप्ता उत्तरकोरिया जाने कार्यक्रम थियो । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै चीन र अमेरिकाबीचमा व्यापारका विषयमा उत्पन्न तनावका कारण पनि उत्तर कोरियामाथि पर्याप्त दबाब बनाउन नसकिएको उल्लेख गरेका छन् ।

Share.

Leave A Reply