play_circle_outline On Air

काउँनडाउन शो

play_circle_outline On Air

काउँनडाउन शो

नवलपरासीमा खोलाले बगाएर एकको मृत्यु

0

नवलपरासी, भदौ, ९ ।
नवलपरासीको कावासोतीमा रहेको केरुङ्गे खोलाले बगाएर गएराति एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका १४ हेगौली निवासी ५० वर्षीया मालसिंह महतोको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । खोलापारी खेतमा माछा मार्ने ढडिया थापेर फर्किने क्रममा उनलाई राति ११ बजे तिर खोलाले बगाएको स्थानीयले बताएका छन् । खेतमा गएका उनी राति अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा राति १ बजे केही तल शव भेटिएको थियो ।

Share.

Leave A Reply