play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

कावासोतीको केरुङ्गे खोलामा माछा मार्न गएका व्यक्तिको बगाएर मृत्यु

0

९ भदौ, नवलपरासीको कावासोतीमा रहेको केरुङ्गे खोलाले बगाएर गएराति एक जनाको मृत्यु भएको छ ।कावासोती नगरपालिका १४ हेगौली निवासी ५० वर्षीया मालसिंह महतोको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।खोलापारी खेतमा माछा मार्ने ढडिया थापेर फर्किने क्रममा उनलाई राति ११ बजे तिर खोलाले बगाएको स्थानीयले बताएका छन् ।खेतमा गएका उनी राति अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा राति १ बजे केही तल शव भेटिएको थियो ।उनको शव पोष्टमाटर्मका लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको छ ।

Share.

Leave A Reply