play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

चितवन सहित देशभरका धेरै स्थानमा गएरातिदेखि नै बर्षा जारि,मध्य र पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना

0

भदौ ९, चितवन सहित देशभरका धेरै स्थानमा गएरातिदेखि नै ठूलो पानी परिरहेको छ । मनसुनी वायू सक्रिय भएकाले हिजोदेखि नै धेरै ठाउँमा पानी परिरहेको हो । मौसमविद् विभूति पोख्रेलका अनुसार आज देशभरकै मौसम बद्ली भई धेरै ठाउँमा पानी पर्नेछ । आज मध्य र पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने र अरु ठाउँमा सामान्यदेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ । यस्तै, आज राति पनि ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भोलि र पर्सि पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । तर आजको भन्दा भोलि र पर्सि कम वर्षा हुने अनुमान गरिएको छ ।
यसैबीच आज देशका प्रमुख तथा मझौला नदीमा बहाव बढे पनि सतर्कता तह पार हुने सम्भावना रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । तर गण्डकी प्रदेश, कर्णाली प्रदेशका साथै ५ र ७ नम्बर प्रदेशमा चुरेबाट बहने केही नदीमा एक्कासि बाढी आउन सक्ने भन्दै सावधानी अपनाउन शाखाको सुझाव छ ।

Share.

Leave A Reply