play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

दासढुंगामा बस र ट्रक ठोक्किदा २८ जना यात्रु घाईते,घाइते मध्ये बसका चालकको अवस्था गम्भीर

0

भदौं ९– भरतपुर महानगरपालिका २९ स्थित दासढुंगामा बस र ट्रक ठोक्किदा २८ जना यात्रु घाईते भएका छन् ।आज विहान ६ः३० बजेको समयमा दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ७३३५ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ४७०४ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईते सबै यात्रुको उद्धार गरिएको छ ।घाईते मध्ये २४ जनाको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भरतपुर (पुरानो मेडिकल कलेज) र चितवन मेडिकल कलेजमा ४ जनाको उपचार भईरहेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसका चालक दाङ घोराही निवासी ३० बर्षीय कुलबहादुर असर्फी को अवस्था भने गम्भिर रहेको छ ।उनको अहिले पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ

Share.

Leave A Reply