play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

जिम्बावेको राष्ट्रपतीय निर्वाचनमा धाँधली नभएको अदालतको ठहर

0

भदौ ९ । जिम्बावेको उच्च अदालतले प्रतिपक्षीद्वारा राष्ट्रपतीय निर्वाचन परिणामलाई लिएर दायर मुद्दाको विपक्षमा फैसला सुनाएको छ ।हिजो सुनाइएको फैसलामा निर्वाचनमा भएको धाँधली सम्वन्धी अध्ययनमा अदालतको अन्तिम निश्कर्ष निवेदकले लगाएका आरोपलाई पुष्टि गर्ने खालको नभएको पाइएको उल्लेख छ ।प्रधानन्यायाधीश लुक मालालाले आफ्नो आदेशमा हरारेस्थित संवैधानिक अदालतमा निर्वाचनमा भएको धाँधलीसम्वन्धी अध्ययनमा अदालतको अन्तिम निश्कर्ष निवेदकले लगाएका आरोपलाई पुष्टि गर्ने प्रत्यक्ष, प्रशस्त र विश्वसनीय आधार नभेटिएको ठहर गरेको बताए।’
गत जुलाई ३० मा भएको राष्ट्रपतीय निर्वाचनमा इमर्सन दाम्बुड्जो नानगाग्वा निर्वाचित भएको अदातलले शुक्रबार ठहर गरेको छ । विश्लेषकहरूले अदालतको फैसला विपक्षीको पोल्टामा जाने अनुमान गरिरहेका बेला अदालतको यस्तो निर्णय आएको हो । यसैबीच जिम्बावेका नवनिर्वाचित राष्ट्रपति नानगाग्वाले शुक्रबार अदालतको फैसलाको स्वागत गरेका छन् ।

Share.

Leave A Reply