play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

एसिया कप छनोटको तयारी गर्न श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमको लगातार दोस्रो जित

0

भदौ ८, एसिया कप छनोटको तयारी गर्न श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले लगातार दोस्रो जित निकालेको छ ।शुक्रबार भएको खेलमा नेपालले श्रीलंकाको ब्लुमफिल्ड क्लबलाई डकवर्थ लेविस पद्दतिको आधारमा १ सय ७६ रनले हराएको हो ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २३ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले ।उनले दिपेन्द्रले ९६ बलमा १ सय २१ रन बनाए । यस्तै सागर पुनले ९२ रनको योगदान गरे भने कप्तान पारस खड्काले २३ करण केसीले २६ र अनिल कुमार शाहले १७ रनको योगदान दिए । ब्लुमफिल्ड लाहिरु सन्जयले २ विकेट लिए ।नेपालले दिएको ३ सय २४ रनको लक्ष्य पक्ष्याएको घरेलु टोलीले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिएको थियो । खेल रोकिनुअघि ब्लुमफिल्डले ३८ ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।
ब्लुमफिल्डका लागि सनोज धर्शैकाले ३८, सचीन जयवर्द्धनेले ३० तथा कुसन एकनायके र सेशन फर्नान्डोले समान १६ र १६ रन जोडे । नेपालका सागर पुनले ३ विकेट लिए । त्यस्तै ललित भण्डारीले २ तथा बसन्त रेग्मी, ललित राजवंशी र कप्तान पारस खड्काले समान १ र १ विकेट लिन सफल भए ।अब अन्तिम अभ्यास खेलमा कोल्ट्ससंग आइतबार खेल्ने छ ।

Share.

Leave A Reply