play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

लागुऔषधसहित तीनजना युवक पक्राउ

0

महोत्तरीको औरही नगरपालिका १ फुलबारियाबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित ३ जना युवकलाई पक्राउ गरेको छ ।

बिहीबार प्रहरी चौकी औरहीबाट खटिएको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा स्थानीय अरविन्द कापर, प्रविण कापर र अनिल कापरलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुको साथबाट नाईटोजाम टयाब्लेट भन्ने प्रतिबन्धित लागुऔषध १६ थान बरामद गरिएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

पक्राउ परेकोहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक भोला भटटले जानकारी दिनुभयो ।

Share.

Leave A Reply