play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

भद्रकालीमा स्कुटर दुर्घटना, एकजनाको मृत्यु

0

काठमाडौंको भद्रकाली पुल नजिकै आज बिहान स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक शिखर आमबोडे गाँउपालिका–८ का २६ वर्षीय सञ्जीव लामा छन् । उनको घटनास्थलमै मृत्यु भएको छ । स्कुटरमा पछाडी सवार हाल नामथर नखुलेका अन्दाजी २७ वर्षीय पुरुष गम्भिर घाईते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

आज बिहान सवा ४ बजे बा९१प ८१९ नम्बरको स्कुटर आफै अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठक्कर खाएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।

यसैबीच काठमाडौंको कीर्तिपुर नगरपालिका ३ समलटोलमा गएराति कारको ठक्करबाट दुई जना घाईते भएका छन् । घाईते हुनेमा मकवानपुर कुलेखानी घर भई हाल कीर्तिपुर बस्ने २७ वर्षीय देव गोले र १३ वर्षीय सुर्वण सिंह भुषाल छन् । घाईते दुबैको मोडेल अस्पताल कीर्तिपुरमा उपचार भइरहेकोमा सुवर्णलाई थप उपचारका लागि ट्रमा सेन्टर ल्याइएको छ ।

गएराति सवा १० बजे बा१६च ९०५६ नम्बरको कारले उनीहरुलाई ठक्कर दिएको हो । कार नियन्त्रणमा रहेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जानकारी दिएको छ ।

काठमाडौंकै गैरीधारमा पनि गएराति जिपको ठक्करबाट स्कुटर चालक घाईते भएका छन् । घाईते हुनेमा स्कुटर चालक काठमाडौं शान्तिनगरकी २५ वर्षीया मैनता घिमिरे छिन् । उनको मोडेल अस्पताल बागबजारमा उपचार भइरहेको छ ।

गएराति ९ बजे बा५च ४९३९ नम्बरको जीपले बा६२प ३२४८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

दुबै सवारी साधन र जिप चालकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त कमलपोखरीले जानकारी दिएको छ ।

Share.

Leave A Reply