play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

उद्योगी–व्यवसायीहरुलाई ‘ठगीलाई जस्तो’ व्यवहार गर्न नहुन ः प्रचण्ड

0

भदौ, ७ ।
नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यले उद्योगी–व्यवसायीहरुलाई ‘ठगीलाई जस्तो’ व्यवहार गर्न नहुने बताएका छन । प्रचण्डले आर्थिक समृद्धिको परिकल्पनालाई साकार पार्न उद्योगी, व्यवसायीहरुलाई प्रोत्साहन हुने गरी आवश्यक वातावरण बनाउन पनि सरकारलाई आग्रह गरे ।
आज इभेन्टस् एण्ड भेन्यू एशोसिएशन अफ नेपालको ८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कर छल्ने गतिविधिमा संलग्न नहुन उद्योगी व्यवसायीहरुलाई पनि आग्रह गरे। उनले राज्यले उत्पादन वृद्धि गरी रोजगारीको अवसर सिर्जना हुने गरी उद्योगी व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्नु पर्ने आवश्यकता रहेको बताए ।
उनले राज्यले उद्योगी, व्यवसायीहरुलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण नेपालमा विकासतर्फको यात्राले तीव्रता पाउन नसकेको पनि स्पष्ट पारे । उनले जनतालाई बलियो बनाएमात्रै मुलुक समृद्धि बनाउने यात्रालाई गति दिन सकिने पनि बताए ।

Share.

Leave A Reply