play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

बालबालिकालाई साइबर अपराध सम्बन्धी परामर्श

0

भदौ ६ । जस्ट से नो नेपालले भरतपुरमा बालबालिकाका लागि जिल्ला स्तरीय परामर्श कार्यक्रम सम्पन्न गरेको छ । साइबर अपराधबाट बालबालिकालाई सुरक्षित राख्न भन्दै सो कार्यक्रम आयोजना गरिएको जस्ट सर नो नेपालका कार्यक्रम निर्देशक ऋषिराज ओझाले जानकारी दिनुभयो । कार्यक्रममा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले इन्टरनेटका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् भन्दै त्यसलाई सही तरिकाले प्रयोग गरिनुपर्ने बताउनुभयो । साइबर अपराधबाट बालबालिका पनि निसानामा पर्ने गरेको भन्दै अभिभावक पनि त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो । उहाँले साइबर अपराधका बारेमा कक्षामा पनि पढाइ हुनुपर्नेमा जोड दिँदै अपराधको उजुरी गर्ने संस्कृतिको विकास हुनुपर्ने बताउनुभयो । प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश पौडेलले ठूला साइबर अपराधहरू मध्ये २ प्रतिशतमात्रै अदालतसम्म पुग्ने गरेको बताउनुभयो । जस्ट से नो नेपालका कार्यकारी निर्देशक ऋषिराज आेझाले साइबर अपराध सम्बन्धी जनचेतनाका कार्यक्रमहरू अघि ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले जस्ट से नो नेपालले यसअघि काठमाडौं, कास्की र मोरङमा पनि परामर्श कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।

Share.

Leave A Reply