play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

पाँच बर्षभित्र सुकुम्बासी समस्या समाधान गरिने प्रधानमन्त्री ओलीको आश्वासन

0

भदौ ६।
प्रधानमन्त्री केपी ओलीले आगामी पाँच बर्षभित्र  सुकुम्बासी समस्याको स्थायी समाधान गरिने बताउनुभएको छ । पथरीशनिश्चरे–१ मा नेकपा पथरीशनिश्चरे सभामा बोल्दै प्रधानमन्त्री ओलीले सुकुम्बासी समस्या राष्ट्रिय समस्या भएकाले यसको दिगो समाधान गरिने बताउनुभयो । उहाँले माध्यमिक शिक्षा अनिवार्य र निःशुल्क बनाउन सरकार दृढ सङ्कल्पित रहेको पनि बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रधानमन्त्री ओलीले सानातिना समस्या सुनाउन प्रधानमन्त्रीलाई कुर्नु नपर्ने बताउँदै गाउँपालिका र नगरपालिकाबाट समस्या समाधान हुने स्पष्ट गर्नुभयो । मन्त्री भएपछि पहिलो पटक गृहनगर पुग्नुनुभएका मन्त्री ढकालले डाँस र बक्राहा खोलाको कटानको समस्या स्थायीरुपमा समाधानका लागि आफू क्रियाशील रहेको पनि बताउनुभयो ।

Share.

Leave A Reply