play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

झापामा प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन गरिदै

0

भदौ ६, प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा पुगेका छन् । प्रधानमन्त्री बनेपछि उनी दोस्रोपटक झापा पुगेका हुन् । उनको आज कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताए । प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७ मा ५० शैय्याको आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गर्नेछन् । उनले आजै गौरादहमा क्षेत्र नं ५ को क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तथा अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्री ओली आज अपराह्न काठमाडौँ फर्कने कार्यक्रम छ ।

Share.

Leave A Reply