play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

विवादमा तानिएको फिल्म ‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक (भिडियो सहित)

0

रातको कुरा…’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिन पश्चात् विवादमा तानिएको फिल्म ‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक भएको छ ।‘जून अनि तारा…’ बोलको गीतमा तीन जोडी फिचर्ड छन् । ड्रग एडिक्सनमा फसेका प्रमोदसँग प्रियंकाको घनिष्टतासँगै अभिनेता आयुष्मान देशराज जोशीको अभिनेत्री प्रेक्षा अधिकारी र अभिनेता संजोग कोइरालाको अभिनेत्री सन्ध्या केसीसँग एकोहोरो प्रेम गीतको भिडियोमा देखाइएको छ ।


सुगम पोखरेलको स्वर रहेको गीतमा दिपेश सुब्बाको संगीत र इशान सुब्बाको शब्द छ । असोज १२ गतेलाई प्रदर्शन मिति तय गरिएको ‘कथा काठमाण्डू’ लाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् ।संगीताले नै यो फिल्मको कथा लेखेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लुजा सिंहको छायांकन छ । ‘कथा काठमाण्डू’ तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो ।अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । उक्त फिल्ममा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् ।

Share.

Leave A Reply