play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

आफू जीवितै रहेको प्रमाणित गर्न पनि कर तिर्नुपर्ने

0

भदौ ५, रुकुम पूर्वको सिस्ने गाउँपालिकाले कुनै व्यक्तिले आफू जीवितै रहेको प्रमाणित गर्दा दुई सय र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले पाँच सय रुपैयाँ कर तोकेको छ ।बेपत्ता व्यक्तिले आफू जिउँदै रहेको प्रमाणित गर्नुपरेमा कर तिर्नुपर्ने नियम गाउँपालिकाले बनाएका हुन् । त्यति मात्रै होइन आठबिसकोट नगरपालिकाले गरिब प्रमाणित शीर्षकमा २५ रुपैयाँ कर लगाएको छ ।कैलालीको गोदावरी नगरपालिकाले चटपटे र बदाम बेच्नेसंँग दैनिक २० र आइसक्रिमको व्यापार गर्नेसँग ३० रुपैयाँ कर उठाउने भएको छ । हाटबजारमा तरकारी बेच्नेले मासिक ३ सय र ठेलामा तरकारी बेच्नेसँग दैनिक १५ रुपैयाँ उठाउने निर्णय भएको छ ।
कैलालीकै धनगढी उपमहानगरपालिकामा खोला तर्दा कर तिर्नुपर्ने भएको छ । उपमहानगरपालिकाले डुंगामा खोला तर्दा प्रतिव्यक्ति २५ रुपैयाँ, प्रतिसाइकलको १५, मोटरसाइकलको ३०, चौपायाको १५ रुपैयाँ र सामानको प्रतिबोरा १५ रुपैयाँ कर लिने गरी ठेक्का दिएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिकाले हलोमा कर लगाएको छ । हलो बनाउने काठका लागि सिफारिस गरेबापत सय रुपैयाँ कर लाग्ने भएको हो । स्थानीय तहले सागपात बेच्नेलाई पनि कर तिर भन्दैछन् । फुटपाथमा चना चटपटे बेच्नेसँग पनि कर असुल्दैछन् ।चोकमा खुद्रा पसल थापेर गुजारा गर्नेले पनि नजिकको सरकारलाई भाग छुट्टाउनुपर्छ । स्थानीय सरकारले जथाभावी कर उठाए भनेर नागरिकको गुनासो बढ्दैछ । किनभने थोरै आम्दानी गरी विहान बेलुकाको छाक टार्नेलाई पनि कर लगाएपछि त उसले गाँस काट्नुपर्ने अवस्था आएको छ । स्थानीय तहले करको मात्रा यति धेरै बढाएका छन् कि सेवा लिन वडा कार्यालय वा गाउँपालिका÷नगरपालिकामा पुग्ने नागरिक झस्किनुपर्र्ने अवस्था सिर्जना भएको छ ।

Share.

Leave A Reply