play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

पाइपबाट घरघरमा ग्यास

0

विराटनगर, ५ भदौ
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिला ेपटक बायोग्यासबाट पाइपलाइनमार्फत घरघरमा ग्यास आपूर्ति गर्ने कार्यको उद्घाटन गर्नुभएको छ । विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको २०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट निस्केको ग्यास पाइपलाइनबाट पहिलो चरणमा नजिकका ३२ घरमा ग्यास वितरण गरिएको छ । अघिल्लो पटकको कार्यकालमा प्रधानमन्त्री ओलीले घरघरमा ग्यास लगिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले सानो क्षमताको भए पनि सो परियोजना नेपाललाई ऊर्जामा आत्मनिर्भरताका साथ समृद्धिको यात्राको थालनी भएको उल्लेख गर्दै यसलाई मुलुकभर विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “आज यहाँका ३२ घरका जनतालाई काँधमा सिलिण्डर बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सिलिण्डरको बिदाइ भएको छ । यसलाई अभियानकै रुपमा देशैभर विस्तार गरी ऊर्जामा आत्मनिर्भर बन्नु अबको आवश्यकता हो ।” बायोग्यासबाट उत्पादित ग्यास एलपिजीभन्दा २० प्रतिशत सस्तो हुनाका साथै जोखिमरहित, वातावरणमैत्री र यसबाट प्राङ्गारिक मल निस्कने तथा त्यसले रासायनिक मल पनि प्रतिस्थापन गर्ने भएकाले सो प्रविधिलाई सरकारले प्रोत्साहन गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले गौसेवा सदनको हाताभित्र एक मेगावाटको सौर्य प्रणाली राख्न सकिने धारणा पनि राख्नुभयो ।

Share.

Leave A Reply