play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

फरार अभियुक्त पक्राउ

0

चितवन, भदौं, ५ ।
जिल्ला प्रहरी कार्यालय चितवनले १ जना फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ । भरतपुर महानगरपालिका वडा न १ का ३३ वर्षीया राज कुमार श्रेष्ठलाई नारायणगढको पोखराबसपार्कबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनलाई २०७१ साउन ८ गते लागु औषध डाईजेपाम १९ एम्पुल, व्युप्रिनर्फिन १९ एम्पुल र फेनारगन १९ एम्पुल सहित पक्राउ गरी चितवन जिल्ला अदालतबाट १ लाख २५ हजार धरौटीमा छुटेका थिए । पक्राउ परेसंगै उनलाई २ बर्ष कैद १ लाख जरिवाना भएको छ भने कैद भुक्तानको लागि उनलाई भरतपुर कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply