विप्लव नेतृत्वको नेकपाले आतंकवादी गतिविधि गर्यो ःसांसद बस्नेत

0

५ भदौ, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आतंकवादी क्रियाकलाप गरेको बताएका छन् । मंगलबार संसद बैठकमा बोल्दै उनले विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले राजनीतिको आवरणमा आतंकवादी र लुटपाट गरेको आरोप लगाए । पक्राउ परेका प्रकाण्डको गत शुक्रबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटको सुुनु्वाइ भएको दिन उनी ९ बजेसम्म रजिस्ट्रारको कार्यालयमा बसेको भन्दै सांसद बस्नेतले उनलाई कसले अनुमति दियो भनी प्रश्न गरे । अदालतले न्याय नपाएका धेरैको मुद्दालाई स्थगनमा राखे पनि लुटपाट र आतंकवादी क्रियाकलापमा संलग्न प्रकाण्डको मुद्दालाई भने प्राथमिकता दिएको भन्दै सांसद बस्नेतले आक्रोश पोखे ।

Share.

Leave A Reply