play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

तरकारीका बिचौलिया हटाउन सरकारद्धारा अध्ययन समिति गठन

0

५ भदौ, काठमाडौं ।
सरकारले तरकारीको बजार व्यवस्थापन गर्न र बिचौलियाहरुलाई हटाउन ठोस प्रयास गर्ने भएको छ । सोमबार कालिमाटी बजारमा अनुगनमा क्रममा भएको घटनालाई मध्यनजर गरी सरकारले समस्या समाधानमा लागि एक समति नै गठन गरेको छ । मध्यान्हमा कृषि मन्त्रालय र आपूर्ति मन्त्रालयबीच भएको बैठकले तरकारीको बजारलाई व्यवस्थित गर्ने गरी संयुक्त प्रयास बढाउने निर्णय गरेको छ । बैठकले उत्पादक र उपभोक्ताबीच बिचौलियाको विभिन्न तह र तिनको रजगज समाप्त गर्ने गरी गर्नुपर्ने व्यवस्थाहरु सिफारिस गर्न एक समति बनाइएको हो । आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाले संयोजकत्वमा समति बनाइएको हो । सरकारले थालेको अनुगमनको बिरोधमा व्यवसायीहरु अहिले आन्दोलित छन् । तरकारी अत्यावश्यकीय वस्तु भएकाले यसको बिक्री वितरण रोके कारवाही गर्ने चेतावनी सरकारले दिएको छ । मंगलबार कालिमाटी बजार आंशिक मात्रै खुलेको छ । अनुगमनको बिरोधमा व्यवसायीहरु उत्रिएपछि किसानको तरकारी खेतबारीमै कुहिनसक्ने अवस्था प्रति सरकार सचेत रहेको आपूर्ति मन्त्रालयले बताएका छन ।

Share.

Leave A Reply