play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

निर्मला हत्या प्रकरणमा सक्कली दोषी खोज्न माग गर्दै स्थानीयद्धारा जिल्ला प्रशासन कार्यालय घेराउ

0

भदौ ५ ।
कञ्चनपुरको भीमदत्तनगरपालीका २ की १३ बर्षिया निर्मला पन्तको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेपछि महेन्द्रनगर बजार तनावग्रस्त भएको छ । प्रहरीले प्रदर्शनकारीमाथी तीन सेल अश्रुग्यास प्रहार गरेको छ । दुई जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निर्मला पन्तलाई जबरजस्तीकरणी पछि हत्या गरेर उखुबारीमा फालिएको अवस्थामा भेटिएको थियो । उनी साथीकोमा पढ्न गएकी थिइन् । सोही अवस्थामा उनलाई जबरजस्तीकरणी पछि हत्या गरिएको अवस्थामा भेटिएको हो । उक्त घटनामा संलग्न भनेर मानसिक सन्तुलन बिग्रेको व्यक्तिलाई हत्यारा घोषित गरेर प्रहरीले अनुसन्धान बाट पन्छिन खोजेको भन्दै स्थानीय बासिन्दा आक्रोसित भएका छन । प्रहरीले बालिकाको हत्यामा संलग्न भएको आरोपमा हिजो साँझ भीमदत्तनगरपालीका २ उल्टाखाम खन्ना चौराहका ४१ बर्षीय दीलिपसिंह बिष्टलाई सार्वजनिक गरेको थियो । स्थानीय बासिन्दाले सक्कली हत्यारको खोजी गर्न माग गर्दै महेन्द्रनगर बजार बन्द गरेका छन । जिल्ला सदरमुकाम महेन्द्रनगरबाट सञ्चालन हुने लामो र छोटो दुरीका सवारी साधन ठप्प पारेका छन । आक्रोसित स्थानीय बासिन्दाले सरकारी कार्यालय समेत बन्द गराउँदै हिडेका छन । प्रहरी विरुद्ध स्थानीय बासिन्दाले चर्का नारा लगाउँदै बजार क्षेत्रमा प्रर्दशन गरिरहेका छन् । सम्भावित घटना रोक्नका लागि ठाउँ ठाउँमा प्रहरी र सशस्त्र प्रहरीलाई खटाइएको छ । यस्तै, सक्कली हत्याका आरोपीको खोजी गरी कारबाही गर्न माग गर्दै स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर घेराउ गरेका छन । चर्को नाराबाजी गर्दै सयौंको संख्यामा रहेका स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन । मानसिक रोगीलाई हत्याको दोषी देखाई प्रहरीले पन्छिन खोजेको आरोप स्थानीय बासिन्दाले लगाएका छन । यस्तै, १३ बर्षीया बालिका पन्तको हत्या भएको चार साता बित्नै लाग्दा पनि हत्यारा पक्राउ नपरेको भन्दै महिला अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि जिल्ला प्रशासन कार्यालय अगाडी तीन दिन देखि रिले अनशनमा बसेका छन ।

Share.

Leave A Reply