play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

गुन्डागर्दी, तस्करी र लागूऔषध नियन्त्रणलाई प्राथमिकता दिईने काठमाडौं प्रहरी प्रमुख एसएसपी लामाको प्रतिवद्धता

0

५ भदौ, काठमाडौं ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले राजधानीमा सुसुप्त अवस्थामा रहेको गुन्डागर्दी, तस्करी, संगठित अपराध र लागूऔषध कारोबारको नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । परिसर प्रमुख भएर आएपछि लामाले आफ्नो प्राथमिकताबारे जानकारी दिँदै ती क्षेत्रहरुको निगरानीको लागि सूचना संयन्त्र परिचालन गरिएको बताएका हुन् । लामाले आम नागरिकलाई समेत साथमा लिएर अघि बढ्ने विश्वास व्यक्त गरे । उपत्यकाको सुरक्षा अवस्थामा आफूले ३ दिनमा अनुभव गरेको बताउँदै उनले पीडितको गुनासोलाई विशेष प्राथमिकतामा राख्ने योजना रहेको समेत सुनाए । गृहमन्त्रालयले ३० साउनमा लामालाई काठमाडौं प्रहरी प्रमुखमा नियक्त गरेको थियो । उनी यसअघि ३८ क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान समितिमा थिए ।

Share.

Leave A Reply