play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अध्यागमन विभागद्धारा फुटबल प्रशिक्षक कोजीलाई नेपाल प्रवेशमा रोक, नयाँ प्रशिक्षक खोज्दै एन्फा

0

भदौ ४।
अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजीलाई नेपाल प्रवेशमा रोक लगाएको छ । कोजीलाई नेपाल प्रवेशमा रोक लगाएपछि यतिबेला अखिल नेपाल फुटबल संघलाई नयाँ प्रशिक्षक नियुक्तिका लागि ठूलो दबाब बढेको छ । पर्यटक भिषामा नेपालमा बस्दै आएका र श्रम स्वीकृति बिना काम गरिरहेका कोजीलाई अध्यागमन विभागले गएको महिना नेपाल प्रवेशमा रोक लगाएको थियो । साफ मुखैमा अएका बेला मुख्य प्रशिक्षक नहुँदा नेपाली टिमलाई दबाब बढेको छ । जसका लागि एन्फाले नयाँ प्रशिक्षकका लागि गृहकार्य सुरू गरेके छ । नयाँ प्रशिक्षक नियुक्त नभएसम्म नेपाली टोली सहायक प्रशिक्षक बालगोपाल महर्जनले हेर्ने छन् । समूह ‘ए’ मा रहेको नेपालले सेप्टेम्बर ४ मा पाकिस्तानविरुद्ध खेल्दै साफको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेलमा भुटानसँग सेप्टेम्बर ६ मा खेल्नेछ । नेपालले अन्तिम खेलमा बंगलादेशसँग सेप्टेम्बर ८ खेल्नेछ । सेप्टेम्बर १५ सम्म हुने च्याम्पियनसीपको समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह ‘बी’ मा साबिकको बिजेता भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् ।

Share.

Leave A Reply