play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

पूर्वी चितवनको कालिका मन्दिरमा २ लाख बराबरको सामान चोरी

0

चितवन, ४ भाद्र ।
पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ८ मा रहेको कालिका भगवती माईको मन्दिरमा चोरी भएको छ । गत २ गते शनिबार राती करिव १२ बजेतिर मुल मन्दिरको ढोका तोडफोड गरी नगद सहित विभिन्न सामानहरु चोरी भएको हो । मन्दिर व्यवस्थापन समितिले आइतबार विज्ञप्ती जारी गरी करिव २ लाख बराबरको सामान र नगद चोरी भएको बताएका छन् । चोरी भएका सामानहरुमा चाँदीको तिलहरी, सुनको तिलहरी, चाँदीको हार, चाँदीको बाला, चाँदीको पैसे जडित माला, चाँदीको पाउजु, सिंहमर्मरको मूर्ति, घुम्टो र दानपत्र फुटाई नगद करिव २१ हजार रुपैया चोरी भएको मन्दिरका कार्यवाहक अध्यक्ष धु्रव रायमाझी र सचिव लेखनाथ भट्टद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । सो घटना भएको थाहा पाएपछि तत्काल प्रहरीलाई खबर गरिएको र सो घटनामा संलग्नहरुको खोजी गर्न अनुरोध समेत गरिएको मन्दिरका कार्यवाहक अध्यक्ष रायमाझीले जानकारी दिए ।

Share.

Leave A Reply