play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

0

भदौ, ४ ।
इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १० जनाको ज्यान गएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ भने ठाउँठाउँमा पहिरो गएको छ । आवासीय र कार्यालय भवनहरुमा ठूलो क्षति पुगेको बताइएको छ । स्थानीय नागरिकमा त्रास छाएकोले गएराति उनीहरु घरभित्र बस्न सकेका थिएनन् । दुई साताको बीचमा लोम्बोकमा गएका दुइओटा यस्तै ठूला भूकम्पका कारण उनीहरुमा त्रास छाएको हो । यी शक्तिशाली भूकम्पले त्यहाँ ठूलो जनधनको क्षति भएको बताइएको छ । यी शक्तिशाली भूकम्पबाट करिब ५०० मानिसको मृत्यु भइसकेको छ । अधिकारीहरुले यो सङ्ख्या अरु बढ्न पनि सक्ने बताएका छन् । दुई साताअघिकै भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या बढिरहेका बेला आइतबार फेरि अर्काे भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार आइतबार साँझको पहिलो भूकम्प ६.९ म्याग्नीच्यूडको थियो । त्यस्तै आइतबारै साँझ अर्को परकम्प ६.३ र ५.४ म्याग्नीच्यूडका गएका छन् । यी सबै भूकम्पहरु लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएका छन् ।

Share.

Leave A Reply