play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झा मृत फेला

0

भदौ,४ ।
फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झा मृत भेटिएका छन् । काठमाडौंको बबरमहलमा रहेको आफ्नै घरमा झा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । ८० वर्षीय झा को हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । झाको शव ओछ्यानमै रगत लत्पतिएको अवस्थामा भेटिएकाले उहाँको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले प्रहरीका उच्च अधिकारी सहितको टोली पुगेको छ । झा श्रीमती र एक घरेलु सहयोगीका साथमा बस्दै आउनुभएको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।

Share.

Leave A Reply