play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

चितवन सम्पर्क समिति कोरिया द्वारा माडीको बिधालयमा टाइ-बेल्ड बितरण

0

भदौ ०३, चितवन सम्पर्क समिति द कोरियाले माडीको हरिनगर आधारभूत बिधालय माडी न. पा. -६ मा टाई बेल्ड बितरण गरेको छ । बिपन्न परिवारहरुको बाहुल्य रहेको सो बिधालयमा हालसम्म टाई बेल्डको ब्यबस्था गर्न नसकेपछि चितवन सम्पर्क समितिलाई अपिल गरिएको थियो। कोरियामा रहेका माडीबासीहरुले आर्थिक संकलन गरेर र थप स्कुल ब्यबस्थापन ले ब्यबस्था मिलाएर १२५ बिधार्थीलाई सो सामाग्री सहयोग गरिएको हो।आज हरिनगर आधारभूत बिधालयमा एक कार्यक्रम गरी सो सामग्री हस्तान्तरण गरिएको हो। सामग्री हस्तान्तरण कार्यक्रममा चितवन सम्पर्क समिति कोरियाका निबर्तमान उपाध्यक्ष सुर्य पनेरु , निबर्तमान सचिब सुलभ बन्धु पोखरेल, कोरियामा रहेका माडीबासीहरुको प्रतिनिधि प्रीति महतो, राजमणि महतो लगाएतको उपस्थिति रहेको थियो। जिल्ला समन्वय समिति सदस्य चुडामणी महतो, बिधालय ब्यबस्थापन समिति अध्यक्ष सुर्य गुरुङ , जनप्रतिनिधि हरु र पत्रकार हरुको रोहबरमा टाइबेल्ड बितरण गरिएको हो।
सामग्री बितरण कार्यक्रम मा जिल्ला समन्वय समिति सदस्य चुडामणि महतोले कोरियाका साथिहरुले शैक्षिक क्षेत्रमा गरेको सहयोग कार्य निकै श्रहानिय रहेको र प्रथमिकतामा शैक्षिक क्षेत्र पार्न आग्रह गर्दै जि स स पनि यस्ता कार्यसग सहकार्य गर्दै अगाडी बड्ने बताउनु भयो। सो कार्यक्रम मा चितवन सम्पर्क समिति द कोरियाका नि उपाध्यक्ष सुर्य पनेरुले कोरिया बाट माडीमा गरिएका कार्यहरुको जानकारी गराउदै माडीका सबै पक्षले साथ र सहयोग गरिदिन आग्रह गर्नुभयो। साथै कोरियामारहेका माडीबासीहरुलाई आर्थिक सहयोग का लागी धेरै धेरै धन्यवाद ब्यक्त गर्नु भएको थियो। बिधालयको तर्फबाट प्रधानाध्यापक दिपनाथ आचार्यले चितवन सम्पर्क समिति को आर्थिक सहयोग लाई सहिसदुपयोग गरि बिधार्थी भाईबैनिहरुको स्तर माथी उठाउने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो कार्यक्रम को समन्वय चितवन युवा समूह अन्तराष्ट्रीय समन्वय समिति ले गरेको थियो भने सस्थागत ब्यबस्थापनको सहयोग सुलभ बन्धु पोखरेलले गर्नु भएको थियो। सुर्य गुरुङ को अध्यक्षतामा सम्पन्न शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम को सन्चालन शिक्षक शिब पौडेलले गर्नु भएको थियो।

Share.

Leave A Reply