play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

रत्ननगर नगरपालिकाको बार्षिक समीक्षा कार्यक्रम सम्पन्न

0

भदौ ०३, रत्ननगर नगरपालिकाको आर्थिक बर्ष २०७४÷०७५ मा सञ्चालित योजना तथा कार्यक्रम को बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिका अन्तर्गत रहेका विभिन्न शाखाहरुले गरेका कामहरुको जानकारीसंगै समीक्षा गरिएको उपमेयर विमला दुवाडीले जानकारी दिइन । आर्थिक बर्ष २०७४÷०७५ मा नगरपालिकाले विनियोजन गरेको ६९ करोड बजेट मध्ये प्रशासनिक खर्चमा ६ करोड,सामाजिक सुरक्षा कार्यक्रममा १० करोड,विषयगत शाखामा १९ करोड,पूजिगत खर्च ३१ करोड खर्च भएको लेखा अधिकृत ऋषिप्रसाद कडुवालले जानकारी दिए । बाँकी रहेको तीन करोड रुपैया नगरका महत्वपूर्ण योजनामा खर्च गर्ने नगरपालिकाले योजना बनाएको छ । कार्यक्रममा मेयर नारायण वनले चालु आर्थिक बर्षमा विनियोजित बजेटको सही सदुपयोग गरी नगरलाई समृद्ध बनाउने काममा एकतित्त भएर लाग्न वडा अध्यक्ष तथा कर्मचारीहरुलाई आग्रह गरेका थिए । समीक्षा कार्यक्रममा लेखा अधिकृत कडुवाल,योजना शाखाका इन्जिनियर प्रकासचन्द्र ढुंगाना,राजश्व शाखा प्रमुख डिम्मेश्वरी पौडेले,शिक्षा शाखा प्रमुख राजेन्द्र बराल, स्वास्थ्य शाखा प्रमुख इन्द्रलाल न्यौपाने,कृषि शाखा प्रमुख शिवराज पौडेल,पशु विकास शाखाका प्रमुख शालिकराम पौडेल लगायतले विषयगत शाखाले एक बर्षको अबधिमा गरेका कामहरुको बारेमा प्रकास परेका थिए ।

Share.

Leave A Reply