play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

एसियाली खेलकुद फुटबलमा नेपाल पाकिस्तानसँग २–१ गोलले पराजित

0

भदौ, ३ ।
१८ औं एसियाली खेलकुद एसियाडअन्तर्गत पुरुष फुटबलमा नेपाल तीनवटै खेलमा पराजित हुँदै पहिलो चरणबाट बाहिरिएको छ । समूहगत चरणको तेस्रो तथा अन्तिम खेलमा नेपाल आइतबार पाकिस्तानसँग २–१ गोलले पराजित भयो । नेपाल सुरुका दुई खेलमा पराजित भएपछि दोस्रो चरण नपुग्ने निश्चित भएको थियो। आफु समानको प्रतिद्धन्द्धी भएका कारण नेपालले पाकिस्तानलाई हराउँदै एसियाड फुटबलमा ऐतिहासिक सफलता प्राप्त गर्ने अपेक्षा गरिएको थियो । पहिलो हाफमा १ –० गोलले अगाडि रहेको नेपालले मध्यान्तरपछि दुई गोल ब्यर्होयो । १२ औं मिनेटमा पाकिस्तानका खेलाडीबाट आत्मघाती गोल भएको थियो। नेपालले एसियाड फुटबलमा ३६ वर्षपछि गोल गरेको हो । नेपालले एसियाड फुटबलमाम हालसम्म खेलेका सबै १८ खेलमा नै पराजय भोगेको छ । ती खेलमा ७० गोल खाएको छ भने दुई गोल गरेको छ ।

Share.

Leave A Reply