play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

विराटनगरमा हार्डवेयरमा कार्यरत सुरक्षागार्डको हत्या

0

भदौ,३ ।
विराटनगरको धरानरोडस्थित विक्की हार्डवेयरमा कार्यरत सुरक्षागार्डको हत्या भएको छ । आज विहान पौने दशबजे हार्डवेयरका कामदारहरुले पसल खोल्ने क्रममा सुरक्षागार्ड टंक भट्टराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान थापाले जानकारी दिए । मृतक भट्राईको शरिरमा रड, तथा भाला जस्तो हतियारले प्रहार गरेको देखिएको डिएसपी थापाले बताए । घटनापछि हार्डवेयरका सञ्चालक निरभ अग्रवालका अनुसार मृतक भट्राई पसलमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेका थिए । गएको तीनदिनमा त्यसक्षेत्रमा दुइवटा हत्या भइसकेको छ । गत शुक्रवार विराटनगर १३ निवासी शिखा घिमिरेको हत्या र भट्राईको हत्याले सुरक्षा चुनौति झन् बढ्दै गएको छ ।

Share.

Leave A Reply