play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

सत्तारुढ र विपक्षी दलबीच कुरा नमिल्दा संसदीय समितिहरुको नेतृत्व चयनमा ढिलाई

0

भादौ,३ ।
सत्तारुढ र विपक्षी दलबीच नेतृत्वको विषयमा कुरा नमिल्दा ‘मिनी संसद’को रुपमा रहेका संसदीय समितिहरुको नेतृत्व चयनमा ढिलाई भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा आफूहरुको २५ प्रतिशत सहभागिता रहेको भन्दै सोही अनुपातमा समितिको नेतृत्व पाउनुपर्ने माग गरेको छ । तर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी त्यो मान्न तयार नहुँदा लामो समयदेखि संसदीय समितिहरु नेतृत्वविहीन हुँदै आएका छन् । सभापति चयनका लागि प्रतिनिधिसभाअन्तर्गतका समितिको भदौ ५ गतेका लागि तय भएको निर्वाचन कार्यतालिका सारेर भदौ १७ पु¥याइएको छ । राष्ट्रियसभाको भदौ २ का लागि तय गरिएको कार्यतालिका सारेर १३ गते र्पुुयाइएको छ । सत्तारुढ दल र विपक्षीबीच नेतृत्व चयनमा सहमति जुट्न नसक्दा मिनी संसद्का रुपमा रहेका समिति नेतृत्वविहीन बनेको छ । जसका कारण समितिलाई प्रभावकारी रुपमा काम गर्न सकस भएको छ । प्रतिनिधिसभाका विषयत १०, राष्ट्रियसभाका विषयगत ४ र विशेष ३ गरी १७ समिति मध्ये २५ प्रतिशतमा आफूहरुको नेतृत्व दाबी रहने प्रमुख प्रतिपक्षी कांग्रेसले बताइरहेको छ ।

Share.

Leave A Reply